Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

निजामति सेवा दिवस (भदौ २२)

निजामति सेवा दिवस (भदौ २२)

 निजामति सेवा दिवस (भदौ २२)

निजामति सेवा दिवसको अवसरमा सम्पूर्ण राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई बधाई ज्ञापन गर्दै पेशागत सफलताको कामना गर्दछु ।

मुलुक लामो संक्रमणकालबाट गुज्रिरहँदा राष्ट्रसेवक कर्मचारीहरुले सम्पादन गर्नुपर्ने कार्य वातावरणमा समेत परिवर्तन आउनु स्वभाविक हो । परिवर्तित वातावरणमा राष्ट्रसेवक कर्मचारीले सम्पादन गर्नुपर्ने जिम्मेवारीमा नविन चुनौतिहरु थपिंदै गएको र कर्मचारितन्त्रबाट प्रवाह हुने सेवाप्रतिको जनअपेक्षा समेत आकाशिएको अवस्था छ ।

राज्यको ईच्छाशक्तिलाई यथार्थमा बदल्ने महत्वपूर्ण संयन्त्र नै कर्मचारी प्रशासन भएकोले समृद्ध नेपाल निर्माण गर्ने अभियानमा राष्ट्रसेवक कर्मचारीहरुले मन, वचन र कर्मले योगदान पुर्याउन अपरिहार्य छ ।  एकातर्फ केहि राष्ट्रसेवक कर्मचारीहरु सरकारको नीति र कार्यक्रम कार्यान्यन गर्न उच्च मनोबलका साथ क्रियाशील छन् भने अर्कोतर्फ व्यक्तिगत स्वार्थ, आर्थिक अनियमितता, जिम्मेवारि बहनमा उदासिनता, ढिलासुस्ति, अनुशासनहिनता जस्ता रोगबाट ग्रसित कर्मचारीहरु समेत नभएका होइनन् । अत: ईमान्दार एवं कर्तव्यनिष्‍ठ राष्ट्रसेवकलाई पुरस्कृत एवं प्रोत्साहित गर्न जरुरी छ र गैह्र-जिम्मेवार एवं कर्तव्यपालनाबाट बिमुख कर्मचारीलाई  राज्यका सम्बन्धित निकायबाट दण्डित गर्न र समाजका हरेक तह एवं तप्काबाट बहिष्कृत गर्न समेत उत्तिकै जरुरी छ ।

विषम परिस्थितिमा समेत जनताको सेवामा समर्पित भई उच्चस्तरको कार्य सम्पादन गर्ने राष्ट्रसेवक कर्मचारीहरुको उच्च प्रशंसा गर्दै आजको यस निजामति सेवा दिवसको अवसरमा राष्ट्रसेवक निजामती कर्मचारीहरुलाई उच्च स्तरको लगन, ईमान्दारिता र समर्पण भावका साथ जिम्मेवारी निर्वाह गर्न हुन अनुरोध गर्दछु ।

The post निजामति सेवा दिवस (भदौ २२) appeared first on Lokman Singh Karki.



This post first appeared on Welcome To Personal Site Of Lokman Singh Karki, please read the originial post: here

Share the post

निजामति सेवा दिवस (भदौ २२)

×

Subscribe to Welcome To Personal Site Of Lokman Singh Karki

Get updates delivered right to your inbox!

Thank you for your subscription

×