Related Articles
हिजो मात्र मैले सुबिन भट्टराई द्वारा लिखित नेपाली उपन्यास "समर लभ" पढेर सिध्याएँ. यस उपन्यासको उत्तरार्धतिर दुई पात्रहरु बीच शाररिक सम्बन्धको प्रसंग छ, जसका बिषयमा ती पात्रहरुको धारणा माथि उल्लेखित मेरो साथीको विचारसंग मिल्दो-जुल्दो थियो. उनीहरुले शाररिक सम्बन्धलाई पबित्र वा अपवित्र, पाप वा धर्म, सुकर्म वा कुकर्म, प्रेम वा बास्ना जस्ता व्याख्याभन्दा अलग्गै अस्तित्वको क्रियाका रुपमा सहजताकासाथ स्वीकार गरेको देखिन्छ. उपन्यासको यौनप्रतिको यो उदारताका कारण पनि भर्खरै खुल्दै आएको नेपाली समाजका युवा बर्गले यस उपन्यासलाई अत्याधिक रुचाएको हुनुपर्छ भन्ने मेरो अनुमान छ. कथामा नयाँ नौलो बिषय केहि नभए पनि, प्रेम प्रसंगको वरिपरी घुमेको यस उपन्यासले समसामयिक सोच र जीवन शैलीलाई चित्रण गर्न सफल भएको छ. कलेज जीवन र कलेजमा हुने प्रेम प्रसंगलाई समसामयिक रुपमा प्रस्तुत गरिएकोछ. उपन्यासको अन्तिमतिर, प्रेम वियोगबाट मूल पात्रको मानस पतलमा उत्पन्न भएका सम्बादहरुमा लेखकले आवस्यक भन्दा बढी शब्दहरु र पृष्ठहरु खर्चेको भान भयो.
अत्याधिक पाठकहरुले उपन्यासको अन्त्य खल्लो भएको प्रतिक्रिया जनाइरहंदा मलाई चाहि उपन्यासको पुरै कथा एकजना पात्रको कोणबाट बताइएको र अर्को पात्रको कोणलाई अधुरो नै छोडी अर्को sequel book का लागि थाँती राखी suspense मा कथा अन्त्य गरेको साह्रै मनपर्यो.
व्यक्तिगत रुपमा मलाई यो विधा (genre) का पुस्तकहरुमा खासै रुची लाग्दैन. तर पनि सर्वाधिक रुचाइएको उपन्यास भएका कारणले मैले यो उपन्यास पढेको हुँ . उपन्यास सारै सरल र समसामयिक भाषामा लेखिएको छ. हलुका साहित्यमा रुची हुने बिशेषत: भर्खरका युवाहरुलाई यो उपन्यास राम्रो लाग्न सक्दछ. साहित्यको गहिराइमा डुब्न चाहने वजनदार साहित्यमा रुची हुने पाठकहरुलाई भने यो उपन्यास फिक्का लाग्न सक्छ. संसारमा सबै कुरा सबैलाई कहाँ मनपर्छ र ? जे होश यो उपन्यास रुचाउने पाठकहरुले यसको sequel उपन्यास "साया" अवश्य पढ्नेछन् .
अन्तमा, यस उपन्यासको नाम "समर लभ" चाहि किन रह्यो भन्ने मैले बुझ्न सकिन .