Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

समर्पण तिमीलाई!

डायरी बाट
२७ पुस,२०७२

आज खुशीले सगरमाथा चुमेका छन् । आज बर्षौँ पुरानो रहर पुरा भएको छ । साँच्चिकै भन्नु पर्दा आज म यती खुशी छु कि त्यसको बयान गर्ने शब्द मसँग छैनन् । सायद पाँच बर्ष भैसकेको थियो पछील्लो पटक उसँग भेटेको । उसलाई फेरी भेट्ने आशा मरिसकेको बेलामा उ फेरी मेरो जिन्दगीमा नजिकिएकी थिइ अनि आज भेट्दै थिएँ उसलाई लामो समय पछि!
पुसको यो जाडो महिना । बिहानै ७ बजे कलेज पुग्नु पर्ने बाध्यता थियो । यस्तो जाडोमा निद्रा खराब गर्ने मन त कहाँ थियो र ? यो त बाध्यता थियो । आज भने कलेज बाट फर्कदा उसँग भेट्ने भन्ने कुराले मनमा छुट्टै उत्साह र उमङ्ग थियो । रात भरि निद्रा परेको थिएन आज । मनमा कौतुहलता थियो ।

१ बज्यो! उसलाई फोन गरेँ । डर मिस्रीत आवाज आउँदै थियो मेरो फोनमा । उसलाई फोन गरेर अब ३० मिनट मा पुग्छु त्यहाँ,तिमी रेडी भएर बस ल भनेँ । “म यतै छु” उता बाट उत्तर आयो । “बरु छिटो आउ” उसले थपी ।
अनि म पनि कलेज बाट निस्किएर डिल्लिबजार तिर हानिएँ । “डिल्लिबजार” हो यही ठाउँमा बस्थी उ होस्टेलमा ।
करिब बिस मिनटको पैदलमा म त्यहाँ पुगेँ धुवाँ र धुलो खाँदै ।

त्यहाँ उ आइसकेकी थिइ । टाढै बाट चिनी हालेँ । पाँच बर्ष पछी उसको सुन्दरता झन बढेको रहेछ । एकै छिन त हेरिरहुँ जस्तो लाग्यो तर उसले मलाई देखी अनि टाढै बाट मिठो मुस्कान दिइ। नजिक पुग्दा उसँग उसको एकजना साथी थिइ । अघी फोन गर्दा पछाडी बाट “के भन्यो ?” भन्ने आवाज सुनिरहेको थिएँ । सायद उसैको आवाज होला भन्ने अड्कल काटेर म उ भए नजिक गएँ । कालो ज्याकेट अनि कालो पाइन्ट । घाँटिमा दुई वटा लकेट झुन्डिरहेका थिए अनि हातमा चार औँला छोप्ने लामो औँठी लगाएकी थिइ । कपाल बाँधेकी थिईन । खुल्ला छोडेकी थिइ । त्यो चम्किलो अनुहारमा त्यो सब एकदमै सुहाएका थिए । छोटकारीमा भन्नु पर्दा कुनै परी भन्दा कम देखिएकी थिइन उ ।
म गए पछी उसको साथी बाइ भन्दै गइ । अनि मलाई उसले नजिकैको क्याफेमा लिएर गइ । अर्डर उ आफैँले गरी । “दाइ दुइ ओटा Twenty first love”। म भने छक्क परेँ । मैले कहिल्यै नसुनेको flavour को Ice cream भनेकी रहिछ पछी थहा पाएँ । म उसको रुपमा लोभिँदै थिएँ । एकैछिन फर्मल कुराकानी हरु भए । अर्डर पनि आइ पुगेको थियो । बिहान साथी लाई फकाएर उसँग गएर किनेको गुलाब दिएँ । “मैले ब्याग ल्याको छैन अनि कहाँ राख्नु यो” उसले लिन आनाकानी गरी । “साथी लाइ कसले दिएको भन्नु ।”
मेरो दिने काम दिएँ तिमीले जे गर्नुछ गर” मैले भनेँ । यत्ती भनेसी नलिने कुरै थिएन । बिस्तारै पुराना कुरा हुन थाले । उसको सुन्दरताको वर्णन गर्न थालेँ ।

आजै उ नेपालगन्ज जाने भएर धेरै बेर सङ्गै बस्न त मानिने तर म खुशी नै थिएँ । उसले साथिलाई फोन गरेर बोलाई अनि मलाई “नरिसाउ ल आज हतार भयो सरी” भनी ।
“हाहा” गर्दौ हामी निक्लियौँ । उसले गुलाब त्यहिँ टेबलमा छोडेर हिँडी । “तिमीलाई त्यहिँ राख्न गुलाब दिएको हो मैले ?” मैले प्रश्न गरेँ । उसले “पहिलो पटक गुलाब पाएको बिर्सेछु” भन्दै लिएर आइ अनि आफ्नो बाटो लागी । म एकैछिन उसैलाई हेरी राखेँ अनि आँखा ले नभ्याउने ठाउँमा पुगे पछी म पनि आफ्नो बाटो लागेँ ।

                   
                     ******
आज डायरिको यो पाना श्येर गर्न मन लाग्यो । उ आज मेरो पहुँच भन्दा धेरै टाढा छे तर यो याद र माया भन्ने कुरा यत्तिकै नहराउने रहेछ । सधैँ ताजा रही रहँदो रैछ र नमर्ने रहेछ । उसले मलाई बिर्सी सकेकी होली तर आज पनि उ फेरी फर्किन्छे कि भन्ने आशा सायद त्यसैले लाग्छ ।
साँच्चिकै पहिलो मायामा ठुलो शक्ती छ । ।




This post first appeared on A MINUTE TO MIDNIGHT, please read the originial post: here

Share the post

समर्पण तिमीलाई!

×

Subscribe to A Minute To Midnight

Get updates delivered right to your inbox!

Thank you for your subscription

×