Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

MECEE को भुक्तानी सजिलै गर्नुहोस् ।

यस डिजिटल जमानामा कुनै पनि भुक्तानी गर्न कोही पनि व्यक्तिले लाईन बस्नु पर्ने, एक दिन नै छुट्टाएर कार्यालय धाउनु पर्ने, इत्यादी झन्झट गरिराख्नु पर्ने अवस्था रहेन ।  मोबाईल टपअप देखि बैंकमा रकम ट्रान्स्फर गर्न मिल्ने र अन्य थुप्रै सेवा इसेवाबाट उपभोग गर्न सक्नु हुनेछ । अब भने चिकित्सा शिक्षा आयोग स्नातक स्तरको “MBBS, BDS, BSC, Nursing, BASLAP, B Perfusion Technology, BAMS, BNS, BScMIT, B Pharm, B Optometry, BPH” पाठ्यक्रमको लागि प्रवेश परीक्षा आवेदन फारम अनलाईन बुझाउन सक्नु हुनेछ भने भुक्तानी पनि सजिलै इसेवाबाट गर्न सक्नु हुनेछ । 

फारम भर्नु अघि आवश्यक जानकारी (entrance.mec.gov.np/Registration/Application) बाट प्राप्त गर्नुहुन अनुरोध छ । सबै जानकारी प्राप्त भए पश्चात इसेवाबाट भुक्तानी गर्नु पर्ने हुन्छ । आवेदन फारमको भुक्तानी गर्नका लागि निम्न प्रक्रिया अप्नाउनुहोस्:

१) इसेवामा लग इन गरी “Popular Services” मा रहेको Medical Education Commission (MECEE) मा क्लिक गर्नुहोस् वा सर्च गर्ने ठाउँमा Medical Education Commission खोज्नुहोस् ।

२) अब खुलेको पेजमा आवेदकको नाम, आवेदकको मोबाईल नम्बर, नेपाली वा विदेशी हुनुहुन्छ विवरण भर्नुहोस् ।

३) यति विवरण राखे पछि तपाईंले बुझाउनु पर्ने रकम देखिने छ । अब यहाँ Proceed मा क्लिक गर्नुहोस् ।

४) अबको पेजमा आफुले दाखिला गर्नु भएको विवरण यकिन गरी Confirm मा क्लिक गर्नुहोस् ।

५) यसरी भुक्तानी भइसकेपछि अब स्टेटमेन्टबाट Request Unique ID बाट ‘ : ‘ भन्दा अगाडीको अन्त्यको ६ अंकलाई Voucher Number को रुपमा नोट गर्नुहोस् । 

उदाहरणका लागि Request Unique Id:- 1616648966333:1365217 छ भने 966333 तपाईंको भाउचर नम्बर हुनेछ

अब रकम बुझाइसकेपछि entrance.mec.gov.np/Registration/Application मा जानुहोस् ।

खुलेको पेजमा फारम भर्दा चाहिने कागजपत्र साथै आवश्यक विवरण बारे जानकार भई फारम भर्नुहोस् । 

MECEE को खुलेको पेजमा Voucher Number भनिएको ठाउँमा अघि टिप्नु भएको Voucher Code राख्नुहोस् र इसेवामा भुक्तानी गर्दा राख्नु भएको आवेदकको मोबाईल नम्बर र ईमेल ID भरी Continue मा क्लिक गर्नुहोस् ।

अब उल्लेखित सबै विवरण ध्यानपुर्वक भरी प्रवेश परिक्षाका लागि दर्ता गर्नुहोस् ।

शुभकामना!


तपाईंको मोबाईलमा इसेवा एप छैन ? आजै डाउनलोड गर्नुहोस्: bit.ly/eSewa_App

हाम्रा सबै प्रकारका अफर र योजनाका बारेमा हामी सामाजिक संजालहरूमा नियमित पोस्ट गर्ने गर्दछौँ । कुनै पनि अपडेटहरु नछुटाउन हामीलाई  FacebookInstagramTwitter, र  Viber Community मा follow गर्नुहोस्।



This post first appeared on ESewa -, please read the originial post: here

Share the post

MECEE को भुक्तानी सजिलै गर्नुहोस् ।

×

Subscribe to Esewa -

Get updates delivered right to your inbox!

Thank you for your subscription

×