Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

उभौली पर्वको शुभकामना

उभौली पर्वको शुभकामना  (जेठ ८ )

किराँत-राई समुदायको विशिष्‍ट सांस्कृतिक पर्व “उभौली”को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका किराँत राई समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दीदिवहिनीहरुमा शुख, शान्ति, सम्बृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । किराँत धर्म मान्ने राईहरु यस चाडको अवसरमा पितृ र प्रकृतिको पूजा अर्चना गर्छन् । किसानहरुले हरेक वर्ष बाली लगाउने समयमा यथेष्‍ट वर्षात होस, बालीमा रोग नलागोस, जँगली जनवारबाट दु:ख नहोस, दैवीप्रकोप र बिपत्ती नपरोस भन्ने कामना गर्दै पूजा गर्ने प्रचलनबाट यो पर्वको  सुरुवात भएको पाईन्छ । बालकेदखि वृद्धसम्म एउटै लहरमा रमेर सामूहिक रूपमा नाच्दै मनाईने यो पर्वले सामुहिक अपनत्व र एकताको भावनालाई समेत प्रतिबिम्बित गर्दछ । उभौली पर्वको यस अवसरमा यो पर्व उमङ्ग र हर्षोल्लासपुर्वक सम्पन्न होस भनि कराँत राई लगायत सम्पूर्ण नेपालीजनमा पुन: हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

The post उभौली पर्वको शुभकामना appeared first on Lokman Singh Karki.



This post first appeared on Welcome To Personal Site Of Lokman Singh Karki, please read the originial post: here

Share the post

उभौली पर्वको शुभकामना

×

Subscribe to Welcome To Personal Site Of Lokman Singh Karki

Get updates delivered right to your inbox!

Thank you for your subscription

×