Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

बुद्ध जयन्ति

बुद्ध जयन्ति

हत्या, हिंसा र अशान्तिका घटनामा अकल्पनीय बृद्धि हुनुले दिनानुदिन मानवीय संकट गहिरिंदै गएको छ। मानिसहरुबिच सदियौं देखि रहि आएको प्रेम र सद्‍भाव कमजोर भई बैमनष्य र द्वेष फैलिंदै गएका छन् । यसैगरि जात, धर्म, रङ्ग, भाषा र भुगोलका नाममा मानिसहरुबिचको एकता खण्डित हुंदै गईरहेको छ । यसले मानवता र परोपकारका भावनामा ह्रास ल्याएकोछ र नेपाली समाज पनि यसबाट अछुतो रहन सकेको छैन ।

संसारमा देखापरेका यस्ता दु:ख, पिडा, चिन्ता र हिंसा जस्ता समस्याहरुलाई सम्वोधन गर्न भगवान गौतम बुद्धद्धारा प्रतिपादित दर्शन र सिद्धान्त अत्यन्त उपयोगी छन् । सामाजिक बिकासको क्रममा धर्म र बिज्ञान संग-संगै जान नसक्नु नै यस्ता समस्याको आधारभुत कारण हो । पुर्वीय धर्ममा आध्यात्म र पश्‍चिमा धर्ममा भौतिक बिकासको चिन्तन हावी हुँदा यस्ता विविध समस्या सृजना भएका हुन् । वास्तबमा विज्ञान र धर्म दुबैका महत्वपूर्ण पक्षहरुलाई आत्मसात गर्ने बुद्द दर्शनको आष्‍टाङ्गीक मार्गले मानवीय जीवनको गहन समस्या “दु:ख” बाट मानिसलाई मुक्त गरी आनन्द प्रदान गर्दछ ।

भगवान गौतम बुद्धले प्रतिपादन गर्नुभएको चार “आर्य सत्य” ले मानव जीवनमा भोग्नुपर्ने दु:खको यथार्थ विश्लेषण गरी दु:ख रहित अवस्थाको मार्ग स्पष्‍ट गरेको छ । चार आर्य सत्यले मानव जीवनमा दुख छ, दुखको कारण छ, दुखको निवारण छ र दुख निवारण गर्ने मार्ग पनि छ भन्ने यथार्थपरक दृष्‍टिकोण प्रस्तुत गरेको पाइन्छ । बुद्धको दर्शनलाई आत्मसात गर्न सकेमा आनन्द प्राप्त हुन्छ, आनन्दको प्राप्तिबाट परमानन्द प्राप्त हुन्छ जसबाट आफु भित्र रहेको सचिदानन्दको दर्शन हुन्छ । भौतिकताले गाँजेको वर्तमान समाजमा बुद्धले दिनुभएको “अपो दिपो भव:” अर्थात आफ्नो दिप आँफै बालौं भन्ने उपदेश वास्तबमै मानवीय जीवनको अँध्यारोलाई चिर्ने प्रकाश हो ।

सिद्दार्थ गौतमको जन्मदिनको पूण्यतिथिमा वहाँकै जन्मभुमिमा रहि वहाँका सन्देशलाई मनन् गर्दै भव्यताका साथ बुद्ध जयन्ति मनाउनु आँफैमा गर्वको बिषय हो । यस अवसरलाई शिल, समाधि र प्रज्ञाको माध्यमबाट आफु भित्र भएको “बुद्ध मन” लाई आत्मसात् गर्ने अवसरको रुपमा लिनुहुन सबैमा अनुरोध गर्दछु र हामी सबैमा अन्तर्नीहित बुद्धत्व प्राप्‍त गर्न भगवान श्री गौतम बुद्धबाट सम्पूर्ण नेपालीलाई शुभाशिर्वाद मिलोस भनी कामना समेत गर्दछु ।

The post बुद्ध जयन्ति appeared first on Lokman Singh Karki.



This post first appeared on Welcome To Personal Site Of Lokman Singh Karki, please read the originial post: here

Share the post

बुद्ध जयन्ति

×

Subscribe to Welcome To Personal Site Of Lokman Singh Karki

Get updates delivered right to your inbox!

Thank you for your subscription

×