Get Even More Visitors To Your Blog, Upgrade To A Business Listing >>

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस

“विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।

पात्रत्वाद्धनमाप्नोति धनाद्धर्मों ततः सुखम् ।।”

 

अर्थात् विद्याको अध्ययनबाट मानिसले विनम्रता र सद्व्यवहार हासिल गर्दछ जसको माध्यमबाट उसलाई योग्यता प्राप्त हुन्छ । योग्यताबाट धन आर्जन गर्ने क्षमता बढ्छ । धनको प्राप्तिले मानिसलाई धर्म कर्म गर्न पनि सम्भव तुल्याउंछ र अन्तत: सुख शान्ति मिल्छ ।

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा बिद्यार्थी, शिक्षक-शिक्षिका, प्राज्ञ, प्रबुद्ध व्यक्तित्व लगायत सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना ब्यक्त गर्दछु ।

शिक्षाले मानिसलाई ज्ञान र क्षमता दिलाई स्वतन्त्र, समृद्ध र आत्मनिर्णय गर्न सक्ने बनाउंछ ।  नेपालका बिभिन्न कालखण्ड हुँदै हालसम्म आइपुग्दा साक्षरता र शिक्षामा क्रमिक सुधार र विकास भएको पाइन्छ । बि.सं. २००७ सालमा २ प्रतिशतको हाराहारीमा रहेको साक्षरता प्रतिशत हाल ९० प्रतिशत नाघेको बिभिन्न अध्ययनले देखाएका छन् । तथापि यो उपलब्धि आफैंमा पूर्ण र पर्याप्त भने छैन । अझै पनि भौगोलिक रुपले बिकट स्थानहरुमा बिद्यालय पुग्न जोखिमपूर्ण तवरले नदिनाला तर्नुपर्ने र दैनिक घण्टौं हिंड्नुपर्ने अवस्था कायमै रहनु, गरिबी र पूरातन सामाजिक सोंचका कारण हरेक वर्ष ठुलो संख्यामा छात्राहरुले बिचैमा अध्ययन छोड्ननुपर्ने परिस्थिति कायमै रहनु दु:खद यथार्थ हुन् ।

आजको यस राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा सर्वसुलभ, गुणस्तरीय एवं व्यवहारिक शिक्षा उपलब्ध गराई युवा पुस्तालाई शिक्षित गराउन राज्यका जिम्मेवार निकायलाई आग्रह गर्दै यस महत्वपूर्ण अभियानमा हामी सवैले आ-आफ्ना स्थानबाट यथासम्भव योगदान पुर्याउने प्रण गरौं ।

The post राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस appeared first on Lokman Singh Karki.



This post first appeared on Welcome To Personal Site Of Lokman Singh Karki, please read the originial post: here

Share the post

राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस

×

Subscribe to Welcome To Personal Site Of Lokman Singh Karki

Get updates delivered right to your inbox!

Thank you for your subscription

×